हाम्रो सेवाहरू

बचत सेवा

एग्रोभेट सेवा

ऋण सेवा

सौर्य ऊर्जा सेवाहरू

कृषि बस्तु संकलन

दुग्ध जन्य सामग्री र होलसेल पसल

हार्दिक स्वागत

मेरो भन्नु ………. नेपालको संविधानको धारा ५०(३) ले सार्वजनिक ,निजी र सहकारी क्षेत्रको सहभागीता तथा विकास मार्फत उपलब्ध साधन र श्रोतको अधिकतम परिचालन द्धारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने लक्ष्य लिए अनुसार सहकारी क्षेत्र समुदाय मा छरीएर रहेको श्रम,सीप,साधन र श्रोतलाई समुदाय कै सहभागीतामा केन्द्रिकरण गरी प्रजातान्त्रीक पद्धतिवाट संचालन हुने व्यवसायीक संस्था हो । आर्थिक विकास,सामाजिक न्याय,उत्पादकत्व वृद्धि र गरिबी न्यूनीकरण सहकारीका मूख्य लक्ष्यहरु हुन । यिनै लक्ष्य प्राप्ती गर्ने ध्येयका साथ हिमचुली कृषि सहकारी संस्था लि.सहकारी ऐन २०४८ आनुसार २०६५ साल भदौ २५ गते डिभिजन सहकारी कार्यालय सुर्खेतमा दर्ता भई संचालनमा आएको छ । यस सहकारी संस्थाको १० वटा सेवा केन्द्र र १ वटा मुख्य कार्यालय रहेका छन् । सहकारी संस्थाले वचत तथा ऋणको कारोवार , कृषि रैथानेबालि कारोवार, दुधडेरी उद्योग, आर्गानिक पसल, सोलार स्टोर, कृषि क्षमता अभिबृद्धि कार्यक्रम संचालन गरी रहेको छ ।सहकारीले सदस्यहरुको उत्पादन, सिमी, मकै भटमास, कोदो, चिनो, फापर,धान,रातो चामल लगायत वस्तुहरु संकलन र वजारीकरण गरी रहेको छ । त्यसै गरी तरकारी खेति र पशु पालन गर्ने कृषकहरुलाई सहुलियत दरमा कर्जा लगानी गरी रहेको छ । हाम्रो सहकारीले गरिबी घटाएर स्थानीय समुदायको सामाजिक र आर्थिक विकासमा समर्पित छ। आज सम्म आउदा हामीमा आत्मविश्वास बढाउने र निरन्तर सहयोग गर्नुहुने यहाँहरु जस्तै वेवसाइट भिजिर्टसहरु, विभिन्न संघ संस्था, शुभचिन्तक तथा शेयर सदस्यहरुप्रति हामी आभारी छौं । यहाँहरुको प्रत्यक्ष अप्रत्यक्ष सहयोगहरु हाम्रो इतिहासमा स्वर्ण अक्षरले लेखिनेछन । आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर माया र सहयोग पाइरहने अपेक्षा गरिरहेका छौं । हामीले यहि मिति २०८२ साल पौष् १६ गते सम्पन्न १७ औं वार्षिक साधारण सभा तथा छैटौं अधिबेशन गरी सौहार्द वातावरणमा नयाा संचालक समिति तथा विभिन्न उपसमिति गठन गरेका छौैं । हामीले हाम्रा सेवालाई प्रभावकारी बनाउनका लागि केही नीति नियमहरु परिमार्जन गरी थप सेवा दिन अग्रसर हुने छौं । यहाँहरुलाई अझै गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।

सराेज बाेगटी

अध्यक्ष

सराेज बाेगटी

अध्यक्ष
हिमचुली कृषि सहकारी संस्था लिमिटेड सहकारी ऐन अन्तर्गत दर्ता भएको २०६५ साल भाद्र २५ मा स्थापना भएको सामुदायिक, समूह र सदस्यमा आधारित सहकारी संस्था हो। यो  संस्थाको कार्यालय नेपालको कर्णाली प्रदेश, कालिकोट जिल्लाको खाडाँचक्र न . पा .  मन्मा वडा नम्बर १ मा अवस्थित छ। यो गरिबी घटाएर स्थानीय समुदायको सामाजिक र आर्थिक विकासमा समर्पित छ। यसले सदस्यहरूलाई सहकारी सेवा प्रदान गर्दै आएको छ। यसले जीविकोपार्जन, स्वास्थ्य र वातावरण र सामुदायिक सशक्तिकरण जस्ता विभिन्न सामाजिक विकास कार्यक्रमहरूमा पनि संलग्न छ। यसले गरिबीबाट पीडित र पीडितहरू बीच चेतना जगाउनका साथै आधारभूत आवश्यकताहरू परिपूर्ति गर्न र आत्मनिर्भरता प्राप्त गर्न दिगो विकास स्थापना गर्न, यसरी वैध समाज सिर्जना गर्न प्रयास गर्दछ। आज सम्म आउदा हामीमा आत्मविश्वास बढाउने र निरन्तर सहयोग गर्नुहुने यहाँहरु जस्तै वेवसाइट भिजिर्टसहरु, विभिन्न संघ संस्था, शुभचिन्तक तथा शेयर सदस्यहरुप्रति हामी आभारी छौं । यहाँहरुको प्रत्यक्ष अप्रत्यक्ष सहयोगहरु हाम्रो इतिहासमा स्वर्ण अक्षरले लेखिनेछन । आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर माया र सहयोग पाइरहने अपेक्षा गरिरहेका छौं । हामी यहाँहरुलाई अझै गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।

काली बहादुर महतारा

अध्यक्ष

काली बहादुर महतारा

अध्यक्ष

हिमचुली कृषि सहकारी अनलाईन खाता

हिमचुली कृषि सहकारी अनलाईन खाता खोल्नको लागि तलको
बटनमा थिच्नुहोस ।

हिमचुली कृषि सहकारी -मोबाइल बैंकिंग सुविधा

हिमचुली कृषि सहकारी अनलाईन मोबाइल बैंकिंग सुविधा हाल बिकासको क्रममा रहेको छ, छिति भन्दा छिटो संचालन हुदै छ ।

सहकारीको प्रोफाइल

शेयर पुंजी

रु‍. ८,२६,२५,१००

जगेडा कोष

रु. २,३६,७०,९०८.२९

कुल सम्पति

रु. ५७,२६,०२,३३२.०८

कुल बचत

रु. ३३,२८,४०,१०९.०५

लगानिमा रहेको कर्जा

रु. ४2,८९,३०,१३९

कुल शेयर सदस्य

१४२८२ जना

कुल कर्जा लिने सदस्य

३०७० जना

तरलता रकम

रु. ९,००,५८,१३४.४८(२७.०६%)

अन्य कोषमा रहेको जम्मा रकम

रु. ३९,१३,०७४.०४

सेवा कार्यालयहरू

११ वटा

कर्मचारी संख्या

३९ जना